१९ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

बस्ती जोगाउन श्रमदानबाट तटबन्ध निर्माण

२० साउन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ भएर बग्ने गौँडीखोला कटान नियन्त्रण गर्न स्थानीयको श्रमदानबाट तटबन्ध निर्माण भएको छ ।

खोला नौखरी मुक्तकमैया बस्तीतर्फ सोझिएपछि बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीयले श्रमदान गरेर तटबन्ध बनाएका हुन् । समूहले तारजाली र ढुङ्गाको व्यवस्था गरेको थियो । बस्तीका ६० जना बढीले तीन दिनसम्म श्रमदान गरेर ६० मिटर लामो तटबन्ध निर्माण गरेका हुन् ।

नौखरीमा मुक्तकमैंया परिवारको बसोबास छ । तटबन्धबाट दुई सय परिवारको जग्गा जोगिएको छ । सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बस्ती जोगाउनु आफूहरूको कर्तव्य भएको बताउँदै तारजाली खरिद र ढुङगा ढुवानीमा रु पाँच लाख खर्च भएको जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि