२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

मान्छे मार्ने बाघ नियन्त्रणमा !

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–२ मा महिलामाथि आक्रमण गर्ने बाघ दोस्रो दिन नियन्त्रणमा आएको छ । बिहीबारदेखि खोजी  सुरु भएको बाघ शुक्रबार नियन्त्रणमा आएको हो ।

‘बाघ नियन्त्रणमा लिइसकेका छौं, गाडीमा लोड भइसकेको छ,’ निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने, ‘अब निकुञ्जको कार्यालयमा लगेर सबै स्वास्थ्य परीक्षण गरिनेछ ।’ उनका अनुसार बाघलाई एउटा डार्ट सुई लागेपछि बेहोस भएको हो ।

बिहीबार बिहान धान खेतमा घाँस काटिरहेकी महिलामाथि आक्रमण गरेर बाघले ज्यान लिएको थियो । त्यसपछि निकुञ्जले नियन्त्रणमा लिने प्रयास सुरु गरेको हो । बाघलाई नियन्त्रणमा लिनका लागि बिहीबार ४ वटा हात्ती र प्राविधिक टोली परिचालन भएको थियो । ४ घण्टासम्म प्रयास गर्दा पनि बाघलाई नियन्त्रणमा लिन सकिएको थिएन । शुक्रबार थप १ हात्ती प्रयोग गरेर ५ हात्तीसँगै प्राविधिक परिचालन गरेपछि बाघ नियन्त्रणमा आएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि