२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

शैक्षिक गुणस्तर सुधारका लागि वडाध्यक्षद्वारा एक लाख सहयोग

१८ साउन, सिमकोट (हुम्ला)। सर्केगाड गाउँपालिका–३ उनापानीका वडाध्यक्ष अकिलबहादुर कार्कीले वडा–२ लिप्नेको लालीगुराँस माध्यामिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधारका लागि व्यक्तिगत रुपमा रु एक लाख सहयोग गरेको छ ।

सहायता रकम हस्तान्तरण गरेपछि शैक्षिक गुणस्तर र सुधार गर्न शिक्षक, अभिभाव र विद्यार्थीसहित शिक्षा क्षेत्रमा काम गर्ने सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने उहाँले बताए । विद्यालयको गुणस्तर सुधार गर्न अब पालिकाले विद्यालय सञ्चालक समिति र विद्यालयले शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने बताए ।

वडाध्यक्ष कार्कीबाट प्राप्त रकम शैक्षिक तथा खेलकुद सामग्री खरिदमा उपयोग गरिने विद्यालयका प्रधानाध्यापक कालीबहादुर महताराले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि