२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

युवाहरुलाई निःशुल्क कपाल काट्ने तालिम

१७ साउन, चितवन । यहाँका युवालाई निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । सीप सिकेर स्वदेशमै व्यवसाय गर्न सक्ने बनाउन तालिम सञ्चालन गरिएको हो ।

भरतपुरको सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ३० युवायुवतीलाई निःशुल्क तालिम सञ्चालन गरेको हो । सैलुनका सञ्चालक सुलभ सिग्देलका अनुसार तालिममा सहभागी आधाभन्दा बढी महिला छन् । ब्युटीपार्लर सञ्चालन गर्दै आएकाहरुसमेत तालिममा सहभागी छन् । उनीहरुलाई ४५ दिनसम्म सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइने जनाइएको छ ।

प्रशिक्षणपश्चात् स्थानीय वडा र पालिकासँग समन्वय गरेर व्यवसाय सञ्चालनमा सहजीकरण गरिने सिग्देलले बताए । आवेदन दिएकाहरुबाट छनोट गरी स्वदेशमै पेसा गर्न चाहनेलाई तालिममा समावेश गरिएको उनको भनाइ छ ।

सैलुनका प्रबन्ध निर्देशक सुस्मिता चालिसेले यसअघि यही तालिमका लागि प्रतिव्यक्ति रु ४० हजार लिईँदै आएको बताए । गत वर्ष पनि ३० जनालाई निःशुल्क तालिम दिइएको उनले जानकारी दिए ।

तालिमपश्चात् सहभागीले महिला र पुरुष दुवैको कपाल काट्नेलगायत सैलुन र पार्लरसम्बन्धी काम गर्न सक्ने चालिसेको भनाइ छ । गत वर्ष तालिमका सहभागीमध्ये केहीले आफैँले व्यवसाय सञ्चालन गरेका छन् । केहीले रोजगारी पाएका छन् । सिग्देलले विदेशबाट फर्किएर यहाँ सैलुन व्यवसाय गर्दै आएका छन् । विदेशका दुःख देखेर युवाहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गर्न निःशुल्क तालिम दिँदै आएको उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि