९ पुष २०८२, बुधबार
अर्थ मुख्‍य समाचार समाचार समाज

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व सङ्कलन

१७ साउन, धरान । कोसी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०८०-८१ मा रु४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको छ ।

आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आक्षमा जङ्गल सफारी, परापर्यटक, वनपैदावार, जङ्गल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट रु ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको हो । सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो । आव २०७९-८० मा कार्यालयले रु ३९ लाख ९४ हजार चार सय आठ राजस्व सङ्कलन गरेको थियो ।

हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । आरक्ष पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीको प्रमुख शैक्षिक भ्रमणस्थल बनेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका पर्यटकले रु सात सय ५० अन्य देशका आगन्तुकले रु. एक हजार पाँच सय शुल्क तिर्नुपर्ने व्यवस्था छ । उक्त रकम तिरेपछि १२ घण्टा घुम्न पाइन्छ ।

आरक्षको प्रचाप्रसार गर्नसके अझ धेरै पर्यटक कोशीटप्पु आउने होटल व्यावसायी महासङ्घ कोशी प्रदेशका महासचिव वासुदेव बरालले बताए । विभिन्न प्रजातिका चरा, अर्ना, गैँडा, हात्ती आरक्षका प्रमुख आकर्षण हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि