२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

किसानलाई अनुदानमा हातेट्रयाक्टर

१७ साउन, दमौली (तनहुँ) । गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्रयाक्टर वितरण गरेको हो ।

कृषियन्त्र तथा औजार वितरणमा पचास प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत रु १९ लाख ६८ हजार बजेटमा ३२ वटा हातेट्रयाक्टर खरिद गरिएको थियो । गाउँपालिकाका कृषि शाखा प्रमुख रवि रामदामका अनुसार प्रतिट्रयाक्टरको मूल्य रु ६१ हजार पाँच सय रहेकामा गाउँपालिकाले पचास प्रतिशत अनुदान व्यहोर्नेगरी छनोट भएका किसानलाई उनीहरूबाट रु ३० हजार सात सय पचास लिएर प्रदान गरेको हो ।

गाउँपालिकाले सबैलाई समान ढङ्गले अनुदान दिएकाले उत्पादनका आधारमा किसानलाई सम्मान गरिने प्रमुख रवि रामदामले भने, “कृषिमा आधुनिकीकरण जरुरी छ । हातेट्रयाक्टरले लागत घटाउनुका साथै समय पनि बचत हुन्छ ।”

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि