२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

क्षमता भन्दा बढी कैदीबन्दी राखेर मानव अधिकार उल्लङ्घन नगरौंः कृष्णगोपाल श्रेष्ठ

१६ साउन, काठमाडौं ।  राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले  क्षमता भन्दा बढी कैदीबन्दी राखेर सबै मानव अधिकार हनन गर्ने काम भएको बताएका छन् ।

बुधबार बसेको सुशासन समितिको बैठकमा बोल्दै उनले अहिलेको समयमा कैदीहरुको आफ्नो मानव अधिकार पूर्ण रूपमा पाउनुपर्ने भन्दै त्यसका लागि सबै कारागारको अवस्था बुझ्न जरुरी रहेको बताए ।

उनले भने, ‘एउटा बन्दीले के भन्यो भने एउटा खाटमा हामी तीन जना सुत्छौ  मान्यज्यु! तर यो समस्या सबै कारागारमा नहोला तर यो गम्भिर विषय चाहिँ हो । क्षमता भन्दा बढी कैदीबन्दी राख्नु यो मानव अधिकार हनन जस्तै भयो त्यसैले सबैको लागि यो गम्भिर कुरा हो ।’

यस्तै उनले कैदीबन्दीका समस्या समाधान गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले सक्षम योग्य गृहमन्त्री मुलुकले पाएकोले चाँडै समस्या समाधान हुनेमा आशा व्यक्त गरे ।

उनले भने,  ‘मुलुकले  अहिले  सक्षम  र  योग्य  गृहमन्त्री पाएको छु । यो  विषयमा  टोटल सबै  टिम बसेर  यो  समस्यालाई  कसरी  समाधान गर्ने  भनेर  केन्द्रित चाँहि हुनै पर्यो, हाम्रो  पाटोबाट  तपाईंहरुलाई  के  सहयोग  गर्नुपर्ने  हो  हामी  गर्न  तयार छौं। तर  यो  देशकै  समस्या हो, आखिर  कारागार चाहिन्छ  नै  यसलाई  हामीले  गम्भीरतापूर्वक लिनुपर्यो,  खाना, मनोरञ्न भन्दा नि एउटा खाटमा एक जना मात्र कैदी सुत्ने  व्यवस्था हुनुपर्यो ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि