२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

भारतको वायनाड पहिरोमा परि मृत्यु हुनेको संख्या १४३ पुग्यो

१६ साउन, काठमाडौं ।  भारतको केरला राज्यको वायनाड मंगलबारको पहिरोमा परि मृत्यु हुनेको संख्या एक सय ४३ पुगेको छ ।

पहिरोमा परि घाइते भएका १२८ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लगाातारको मनसुनी वर्षापछि मंगलबार राति पटक पटक गएको पहिरोका कारण वायनाड जिल्लाका विभिन्न क्षेत्रमा ठुलो धनजनको क्षति भएको छ ।

पहिरो प्रभावित क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेका कारण उद्धार तथा राहत प्रभावित भएको छ ।

त्यसैगरी, अविरल वर्षाका कारण आएको पहिराले पुल बगाएपछि सेनाले अस्थायी पुल प्रयोग गरी एक हजारभन्दा बढीको उद्धार गरेको जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि