३ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

मौलिक भान्छा घरले खुवायो नौं प्रकारको खीर

१५ साउन, काठमाडौं । अर्गानिक फार्म हाउस तथा मौलिक भान्छा घरले सात प्रदेशको प्रतिनिधित्व हुने गरी खीर बनाएको छ ।

मंगलबार बानेश्वर स्थित मौलिक भान्छा घरमा खिर खाने दिनको अवसर पारेर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ९ प्रकारको खीर बनाएको सञ्चालक सुमन दाहालले जानकारी दिए ।

उनले भने, ‘अघिल्लो वर्ष पनि हामीले सञ्चारमन्त्रीको उपस्थितिमा ७ प्रकारको खीर बनाएर महोत्सव गरेका थियौं । आज सात प्रदेशको प्रतिनिधित्व हुने गरी हामीले ९ प्रकारका खीर बनाएको छौं । नेपालमा आजको दिनमा ९ प्रकारको खीर यहाँ मात्र पाकेको होला ।’

उनले कोदो, फापर, जौ, मकै, चिनो, काजुनोको च्याख्लाको खिरको साथमा मार्सी, पोख्रेली तथा अन्य स्थानीय चामालबाट बन्ने खिर, सेलरोटी, टिपिकल अचार, गुन्द्रुक, चटनी लगायतका परिकारहरु बनाइएको जानकारी दिए ।

महोत्सवमा कृषिमन्त्री रामनाथ अधिकारी, दिपाश्री निरौला, जितु नेपाल, रिता थापा, पशुपति शर्मा लगायतको उपस्थिति रहेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि