२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार

व्यवसायीसँग रजिष्ट्रेशन सर्टिफिकेट हुनुपर्छ : गणेश पराजुली

९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले देशको जुनसुकै ठाउँमा कारोवार गरे पनि व्यवसायीसँग रजिष्ट्रेशन सटिफिकेट हुनुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै पराजुलीले नेपाली नागरीकले व्यवसाय गर्दा सुरूमै दर्ता गरेर सर्टिफिकेट हुनुपर्ने जनाएका हुन् ।
उनले भने, ‘आज हामी जे गरिरहेका छौं, यसलाई डिजिटलमा कन्भर्ट गर्दैछौं, व्यवसाय गर्दा कता दर्ता गर्ने भन्ने अचम्मको कुरा छ, । नेपाली नागरीकले नेपाल भित्र व्यवसाय कारोवार गर्दैगर्दा खेरी सबैभन्दा पहिला नेपालको सम्बन्धित निकायमा दर्ता गर्नैपर्छ, तर देशको जुनसुकै ठाउँमा कारोवार गरे पनि व्यवसायीसँग रजिष्ट्रेशन सर्टिफिकेट हुनैपर्छ । ’

साथै उनले यो व्यवसायलाई दर्ता गर्न डिजिटल प्रणालीमा परिवर्तन गरेर लग्ने पनि बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि