२८ आश्विन २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार

एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा नेपालको यात्रा समूह चरणमै रोकिएको छ ।

श्रीलंकामा जारी प्रतियोगितामो समूह एमा रहेको नेपाल भारत र पाकिस्तानसँग पराजित भएपछि समूह चरणमा एक खेलमात्रै जितेर घर फर्किन लागेको हो ।

समूह चरणको अन्तिम खेलमा भारतसँग नेपाल मंगलबार ८२ रनले पराजित भयो । उद्घाटन खेलमा युएईलाई पराजित गर्दै सुखद् सुरुआत गरेको नेपालले त्यसपछि पाकिस्तान र भारतसँग पराजय भोग्न पुग्यो ।

मंगलबारको खेलमा भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर १७८ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा नेपालको टोली निर्धारित ओभरमा ९ विकेट गुमाएर ९६ रनमा रोकियो ।

नेपालका लागि सिता रानामगरले सर्वाधिक २२ रन बनाउँदा रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दू वर्माले १४ रनको पारि खेले ।

विशाल लक्ष्य पछ्याउन उत्रिएको नेपाली टोलीले ८ रन हुँदा पहिलो विकेट गुमाएको थियो । नेपालका लागि सम्झना खड्का ७ बलमा ७ रन बनाएर आउट हुँदा एक चौका प्रहार गरिन् ।

सितालाई साथ दिन आएकी कविता कुँवर पनि धेरैबेर टिकिनन् । कविताले ११ बलमा ६ रनको पारि खेल्दा एक चौका प्रहार गरिन् । नेपालले कवितालाई दोस्रो विकेटको रुपमा गुमाउँदा ४.४ ओभरमा २१ रन बनाएको थियो । सिता र इन्दू मिलेर पारि सम्हाल्ने प्रयास गरेको थियो । ९.२ ओभरमा ४३ रन बनेका बेला इन्दूको विकेट गुम्यो । इन्दूले १८ बलमा २ चौकाको मद्दतले १४ रन जोडिन् । चौथो विकेटको रुपमा ओपनर सिता आउट भइन् । उनले २२ बल फेस गर्दा ३ चोकाको मद्दतले १८ रन जोडेकी थिइन् ।

१३.४ ओभरमा टिमको स्कोर ६४ रन हुँदा नेपालले पाँचौं विकेट गुमाएको थियो । नेपालकी रुविना क्षेत्री १६ बलमा १५ रन बनाएर आउट भइन् । कविता जोशी खाता नखोल्दै आउट हुँदा पुजा महतोले २ रन बनाइन् । डोली भट्ट ५ रन बनाएर आउट हुँदा नेपालले १६.२ ओभरमा ८ विकेट गुमाएर ८२ रन बनाएको थियो । यसैगरी विन्दू रावलले नटआउट १७ रन बनाउँदा काजल श्रेष्ठले ३ रनमा आउट भइन् । यस्तै, सवनम राई १ रनमा नटआउट रहिन् ।

भारतका लागि दीप्ती शर्माले ३ विकेट लिँदा अरुणधति रेड्डी, दीप्ती शर्मा र राधा यादवले दुई दुई विकेट लिए । श्रीलंकाको दाम्बुलामा भारतकी कप्तान स्मिृति मन्धनाले टस जितेर पहिला ब्याटिङ राजेकी थिइन् ।

भारतका नियमित ओपनर सेफाली बर्मा र दयालन हेमलता क्रिजमा आएका थिए । यी दुई ओपनरले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे । उक्त साझेदारी नेपालका सिता रानामगरले तोडेकी थिइन् । १४ औं ओभरमा सिताले रुविना क्षेत्रीबाट आउट गराइन् ।

पहिलो विकेटको रुपमा दयालन हेमलता ४२ बलमा ४७ रन बनाएर पभेलियन फर्किइन् । उनले एक छक्का र पाँच चौका प्रहार गरिन् ।

यसैगरी, सेफाली बर्मालाई पनि सिताले नै पभेलियन पठाइन् । उनलाई विकेटकिपर काजल श्रेष्ठसँग मिलेर आउट गरिन् । सेफालीले ४८ बलमा ८१ रनको शानदार पारि खेलिन् । उनले एक छक्का र १२ चौका प्रहार गरिन् ।

तेस्रो विकेट भारतले १८।३ ओभरमा गुमाएको थियो । भारतकी सजीवन साना ११ बलमा १८ रन बनाएर आउट भइन् । उनलाई कविता जोशीले एलबीडब्ल्यू आउट गरिन् । भारतका जेमिना रोड्रिगेजले १५ बलमा ५ चौकाको मद्दतले नटआउट २८ रन बनाउँदा रिचा घोषले ३ बलमा एक चौकाको मद्दतले नटआउट ६ रन जोडिन् ।

नेपालका लागि सिता रानामगरले सर्वाधिक २ विकेट लिँदा कविता जोशीले एक विकेट हात पारिन् ।

सिताले ४ ओभरमा २५ रन खर्चिदा कविताले ४ ओभरमा ३६ रन दिइन् । यस्तै, कविता कुँवरले २ ओभरमा २० रन खर्चिदा सबनम राईले ४ ओभरमा ४१ रन दिइन् । यस्तै, पुजा महतोले १ ओभरमा १३ रन दिँदा रुविना क्षेत्रीले १ ओभरमा १४ रन खर्चिइन् । यसैग्री इन्दु वर्माले ४ ओभरमा २९ रन खर्चिन पुगिन् ।

समूह ए बाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थानमा बनाएका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected