९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन

७ साउन, काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षणसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७७, सर्वसम्मतिले अनुमोदन गरेको छ ।

बैठकमा ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधिसभाबाट आएको संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै प्रतिनिधिसभाबाट आएको संशोधनलाई सर्वसम्मतिले अनुमोदन भएको जानकारी गराए ।

मन्त्री पाण्डेले अभिलेखहरुको महत्वपूर्ण सामग्री, बहुमूल्य अभिलेखको संरक्षण गर्ने, सहज ढङ्गले उपयोग गर्ने र विद्युतीय माध्यमबाट पनि यसको ‘रेकर्ड’ हुने व्यवस्थालाई विधेयकबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन १५ गते मङ्गलबार दिउँसो १ : १५ बजे बस्नेछ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।