२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

ललितपुरमा एकसय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा

६ साउन, काठमाडौँ । ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याइएको छ । महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय ६ वर्ष पुरानो डेनिस दमकलमर्मत गरेरसञ्चालनमा ल्याएको हो।

शुक्रबार सोही पुरानो दमकलका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्ष देखि यसको पार्टस नपाएको कारणले यो दमकल थन्काएर राखेको अवस्था रहेकोमा अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले भने,‘विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन । रोक्की राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउनेसाथ झिक्यौं । अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालमा ल्याइएको छ ।’ दमकलको चक्काहरु छन् कहिले पनि पञ्चड नहुँने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी दिए ।साथै उक्त दमकल छिटो आगो निभाउन सक्ने क्षमता भएको दमकल भएको पनि उनले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि