१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

रामेछापको भटौली खोला नियन्त्रणको लागि तटबन्ध

४ साउन, रामेछाप । रामेछापको सबैभन्दा ठुलो धान खेती हुने फाँट खाँडादेवी गाउँपालिका–४ पकरबासको माडी फाँटलाई भटौली खोलाको कटानबाट नियन्त्रण गर्न तटबन्ध निर्माण गरिएको छ ।

वागमती प्रदेश सरकारको लगानीमा भटौली खोलाको जँगारेफाँटमा तटबन्ध निर्माण गरिएको हो । प्रदेश सरकारको बजेट २१ लाख रुपैँयाबाट २ सय १४ थान तार जाली लगाइएको खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तटबन्ध निर्माणपछि जँगारे र माडीफाँट सुरक्षित भएको छ । यसअघि भटौली खोलाले कटान गरी बगर बनाएको जँगारेमा पनि स्थानीयले खेत बनाएर रोपाइँ गरेका छन् ।
यस वर्ष पनि सो क्षेत्रमा खोला नियन्त्रणको लागि प्रदेश सरकारले थप १५ लाख रुपैँया विनियोजन गरेको छ । सो रकमबाट थप तलसम्म जाली हालेर खेतीयोग्य जमिनलाई सुरक्षित गरिने पौडेलले बताए ।

भटौली खोलमा हालको झोलुङ्गे पुल नजिकै जँगारे छेउमा पक्की पुल पनि बन्दै छ । सो पुल बनेपछि त्यसको आसपासको क्षेत्रमा पुलको सुरक्षाका लागि पनि तटबन्ध गरिने भएको छ । त्यसले माडी फाँटलाई थप सुरक्षित गर्नेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि