२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

बझाङको सदरमुकाम चैनपुरमा पहिरोको जोखिम भएकाले सार्नैपर्ने आवश्यकता छ : गौतम

३ साउन , काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले मनसुनी वर्षापछि आएको विपद्बारे सरकार गम्भिर हुनुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा बोल्ने अधिकांश सांसदहरुले बाढी र पहिरोबाट हुने जोखिमप्रति सचेत हुँदै पूर्वयोजना बनाउन आवश्यक रहेको बताए ।

बैठकमा बोल्दै नेकपा एमालेका सांसद वामदेव गौतमले बाढि र पहिरोका कारण बझाङको सदरमुकाम चैनपुरमा लेदो भरिएको भन्दै सदरमुकाम सार्नुपर्ने बताए ।

उनले भने, ‘पहिरो गएको ठाउँमा बस्ति छ, झन त्यहीँ लेदो थुप्रिएको ठाउँमा सदरमुकाम बनाएको छ, पहिरो गएर लेदो जम्मा हुने ठाउँ कतै छैन तर बझाङको सदरमुकाम चैनपुर यस्तो ठाउँमा बसेको छ । माथिबाट पहिरो आउँछ तलबाट सबै मान्छेलाई बगाएर लग्छ मेरो अध्यनले यो सदरमुकाम त्यहाँबाट सार्नैपर्छ ।’

सांसद गौतमले माथिबाट पहिरो आएर हजारौं मान्छेको ज्यान जानसक्ने उल्लेख गर्दै विकास निर्माणका कामहरुमा सहकारी मन्त्रालयसँग समन्वय गरेर मात्र अगाडि बढ्नुपर्ने बताए ।

‘माथिबाट पहिरो आउँछ अनि त्यो पहिरोले एकदिन हजार मान्छेको ज्यान लिन्छ, साथै यस्ता निमार्ण भएका घर, भवन, पुल सबै निमार्ण गर्दा सहकारी मन्त्रालयसँग छलफल गर्नुपर्छ । अब हामी यता बसेका छौं, छलफल गर्नुपर्छ भन्छौं, एउटाले एउटा मन्त्रीसँग छलफल गर्छाै, अर्काेले अर्काे मन्त्रीसँग छलफल गर्छाैं यसरी हाम्रो सुशासन समितिले केही राम्रो नतिजा दिन सक्दैन ’, उनको भनाइ थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि