२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

हेटौंडा राइर्डरस क्लबले कोरा साईकल रयाली गर्ने

२ साउन , मकवानपुर । मकवानपुरको हेटौंडामा आउँदो शनिबार कोरा साईकल ¥याली हुने भएको छ । निरन्तर साईकल महोत्सव गर्दै आईरहेको हेटौंडा राइर्डरस क्लबले कोरा–२०२४(सातौ संस्करण) आयोजना गर्ने भएको हो ।

‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ स्लोगन राखेर सामूहिक रुपमा गरिने वृहत साईकल यात्राले शहरलाई साईकलसँग जोड्नुका साथै तिर्थस्थल र स्थानीय बस्तीहरुलाई पहिचान गराउने उदेश्यका साथ ¥याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

करिब ५० किलोमिटर दुरीमा हुने साईकल ¥यालीमा चितवन बारा, पर्सा लगायत काठमाडौंका २ सय ५० जना भन्दा बढि राईडरहरुको सहभागिता रहने अनुमान गरिएको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए ।

हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु हुने ¥याली हेटौंडा बजार, सानोपोखरा, बनस्खण्डी, जलेश्वर महादेव मन्दिर, चौकिटोल, सामरी, शिखरकटेरी, सालकपार्क, राजदेवी हुँदै एक्लीखेत, हर्नामाडी, हटिया, चौघडा, पिप्ले, कान्तिराजपथ हुँदै बुद्ध चोक, राईडर्स चोक लक्ष्मण साईकल अगाडि आई सम्पन्न हुनेछ ।

च्यालेन्जमा १२ वर्ष उमेर माथिका महिला, पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन्, भने हालसम्म २ सय जनाले नाम दर्ता गराइसकेको अध्यक्ष ताम्राकारले बताए ।

कार्यक्रममा निःशुल्क स्तरीय जर्सीको व्यवस्था गरिएको छ । त्यस्तै कार्यक्रम सम्पन्न गर्नका लागि कुल ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि