१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार

२ साउन , अमेरीका । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको दुर्भावनापूर्ण आरोपलाई इरानले बुधबार अस्वीकार गरेको छ ।

अमेरिकी अधिकारीहरूले पूर्व राष्ट्रपति विरुद्ध कथित इरानी षड्यन्त्रबारे केही हप्ताअघि मानव स्रोतबाट गुप्त सूचना प्राप्त गरेको सिएनएनले मङ्गलबार जनाएको थियो ।

यद्यपी सिएनएनले पेन्सिलभेनियामा आयोजित ट्रम्पको चुनावी र्यालीमा शनिबार भएको गोली हानाहान जहाँ पूर्व राष्ट्रपति घाइते हुनुका साथै उहाँको एक समर्थक मारिएको घटनाको कथित इरानी षड्यन्त्रसँग सम्बन्ध नरहेको बताएको छ ।

तेहरानले सन् २०२० मा अमेरिकी ड्रोन हमलामा रिभोलुसनरी गार्ड्सका कमान्डर कासिम सुलेमानीको हत्याको बदला लिने धम्की दिएपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदले वर्षौँदेखि इरानमाथि निगरानी राखेको“ बताएको छ।

इरानका लागि संयुक्त राष्ट्रको मिसनले उक्त आरोपलाई अप्रमाणित र दुर्भावनापूर्ण भएको जनाएको छ ।

“इरानले ट्रम्प विरुद्धको हालैको सशस्त्र हमलामा कुनै पनि संलग्नतालाई कडा रूपमा अस्वीकार गर्दछ । तर ट्रम्पको प्रत्यक्ष भूमिका रहेको जनरल कासिम सुलेमानीको हत्यामा मुद्धा चलाउन भने इरान कटिबद्ध छ“ विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले बताए ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण