२६ आश्विन २०८२, आईतवार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग

२ साउन, मुगु । यार्सा खोज्न मुगुका विभिन्न पाटनमा पुगेका बेला लेक लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । गैरसरकारी संस्था टेवाले यार्सा खोज्न गएका बेला बिरामी भएका २७ तथा ज्यान गुमाएका चारजनाका परिवारलाई दैनिक उपभोग्य सामग्रीका साथै लत्ताकपडा प्रदान गरेको हो ।

टेवाको मुगुस्थित साझेदार संस्था महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीका अनुसार ५० केजी चामल, एक केजी दाल, एक लिटर खानेतेल, चार केजी नुन, चिउरा, सिरक, डसना, तन्ना, सिरानी प्रदान गरिएको हो । मृतकका परिवारलाई सोही परिमाणमा ती सामग्रीका साथै प्रतिपरिवार नगद रु १२ हजार प्रदान गरिएको छ ।

यो याममा यार्सा पाटनमा छायानाथ रारा नगरपालिका–१० का एकजना र वडा नं १२ का तीनजना युवाको मृत्यु भएको छ । एक याममा एक परिवारले यार्सा बेचेर कम्तीमा रु तीन लाखसम्म आम्दानी गर्ने गर्छन् । पन्ध्रदेखि २० दिनसम्म यार्सा टिपेर वर्षभरिको खर्च जुटाउनुपर्ने भएकाले घर नै खाली गरेर गाउँगाउँबाट युवायुवती यार्सा पाटन पुग्ने गरेका छन् ।

यार्सा पाटनमा मृत्यु भएका तथा बिरामी परेका परिवारले अहिलेसम्म कहीँकतैबाट सहयोग नपाएको छायानाथ रारा नगरपालिका– १० की सिर्जना कुमाइले राससलाई बताए । टेवाबाट प्राप्त सहयोगका निम्ति उहाँले आभार व्यक्त गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि