१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

कश्मीरमा झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मीको मृत्यु

१ साउन, भारत । भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको एकजना प्रहरी अधिकारीले मङ्गलबार बताउनुभएको छ । सुरक्षा स्रोतका अनुसार आक्रमणकारीहरुले आक्रमणमा रणनीतिक परिवर्तन ल्याएका छन् ।

मुस्लिम बहुल कश्मीर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबीच विभाजित भएको छ र प्रत्येक पक्षले यसलाई पूर्ण रूपमा दावी गर्दछ।

विद्रोही समूहहरूले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन्।

यस घटनाले यस वर्ष विवादित हिमालय क्षेत्रको भारतीय पक्षमा मारिएका सैनिक र प्रहरीको सङ्ख्या १७ पुगेको छ।

भारतीय सेना सुरक्षा बलले सोमबार साँझ जम्मू क्षेत्रको राजधानी श्रीनगरबाट करिब एक सय ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको डोडा जङ्गलमा अपरेसन सुरु गरेको बताएको छ।

“प्रारम्भिक गोली हानाहानका क्रममा घाइते भएका चार जना सैनिकको मृत्यु भएको थियो । घाइते भएका थप एकजना प्रहरी अधिकारी पनि पछि मृत्यु भयो । अन्य दुई सैनिकलाई अस्पतालमा भर्ना गरिएको छ”एक प्रहरी अधिकारीले बताएका छन् ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण