१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

मङ्गोलियामा पानीजन्य दुर्घटनामा २४ जनाको मृत्यु

१ साउन, मङ्गोलिया । मङ्गोलियामा नादम भनेर चिनिने राष्ट्रिय बिदाको समयमा पानी सम्बन्धी दुर्घटनामा कम्तीमा २४ जनाको ज्यान गएको मङ्गोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्लबार जनाएको छ ।

कुस्ती, धनुर्विद्या र घोडा दौड जस्ता परम्परागत खेलहरूका लागि प्रसिद्ध नादम जुलाई –११ देखि जुलाई –१५ सम्म वार्षिक रूपमा मनाउने आधिकारिक बिदा हो ।

पीडितमध्ये बाइस जना वयस्कका साथै भने दुई जना बालबालिको रहेको एजेन्सीले विज्ञप्ति मार्फत जनाएको छ ।

आइतबार पश्चिमी प्रान्त बयान–उल्गीको उलानखुस सुमको ग्रिन लेकमा पाँच जनाको डुबेर मृत्यु भएको छ । तीमध्ये एकजना पौडी खेल्ने क्रममा डुबेका थिए भने अरूको उसलाई बचाउने प्रयासमा मृत्यु भएको थियो ।

मङेलिया भरका प्रमुख नदीहरूमा पानीको स्तर ४० सेन्टिमिटरसम्म चेतावनी स्तर नाघेको एजेन्सीले जनाएको छ । जनतालाई पानीसँग सम्बन्धित दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि