७ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

१७ वर्ष क्याम्पस पढाएकी विद्या भट्टराईलाई शिक्षा मन्त्रालयको कुर्सी

असार ३१, काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छिन् ।
सोमवार सिंहदरबारमास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् ।
सोमबार पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले प्रारम्भिक बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारुप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
समितिमा शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
२०७५ को ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रको निधन भएपछि २०७६ को उपनिर्वाचनमा एमालेले रवीन्द्रकै धर्मपत्नी विद्यालाई टिकट दिईको थियो । १७ वर्ष क्याम्पस पढाएकी उनले भट्टराई लामो समयको शिक्षण पेसा छोडेर संसदीय राजनीतिमा प्रवेश गरिन्।
२०४७ मा एमालेको संगठित सदस्यता लिएकी उनी २०४८ मा पोखरा एकता राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य निर्वाचित भएकी थिइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि