२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

पहिरो पीडित परिवारलाई सहयोग

३१ असार, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले यही असार २७ गते पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई सहयोग प्रदान गरेको छ ।

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी घटनास्थलमा पुगेर सो रकम प्रदान गरेका हुन् ।

पहिरोमा परी मृत्यु भएका कुलबहादुर परियार, लक्षिमा परियार, मनकुमारी परियार र प्रश्ना परियारका परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट रु पाँच लाख तथा गण्डकी प्रदेश सरकारबाट रु दुई लाख प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए ।

पहिरोमा परेर कुलबहादुरका नाबालक छोरा पवन बाहेकका परिवारका अन्य सदस्यहरुको निधन भएकाले प्रदान गरिएको राहत रकम दुरुपयोग हुन नदिन उनको नाममा बैँक खाता खोलेर राख्ने व्यवस्था मिलाउन प्रजिअ पाण्डेले निर्देशन दिए । पहिरोले घर पूर्णरुपमा क्षति भएकाले आवास पुनःनिर्माण प्रक्रिया अघि बढाउन उनले वडा कार्यालयलाई निर्देशन दिए ।

यसैगरी सोही घटनामा परी मृत्यु भएका कुलबहादुरका बिबाहित छोरी प्रभा र ज्वाइँ अस्मित परियारको राहत रकम नजिकको हकदार आवश्यक कागजातसहित सम्पर्कमा आएपछि प्रदान गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि