१८ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार

चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

३१ असार, चीन । चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि भएको सोमबार सार्वजनिक राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले देखाएको छ ।

चीनको जिडिपी पहिलो अर्धवार्षिक अवधिमा ६१.६८ ट्रिलियन युआन अर्थात् करिब ८.६५ ट्रिलियन अमेरिकी डलर पुगेको एनबीएसको तथ्याङ्कले देखाएको छ ।

एनबीएसका अनुसार दोस्रो त्रैमासिकमा, देशको जीडीपी वार्षिक ४.७ प्रतिशतले बढेको छ ।

समग्रमा, राष्ट्रिय अर्थतन्त्र पहिलो अर्धवार्षिकमा स्थिर रहेकोजनाउँदै नीतिगत प्रोत्साहन, बाह्य मागमा पुनरुत्थान र नयाँ गुणस्तरको उत्पादक शक्तिको विकासलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ ।

एनबीएसका अनुसार दोस्रो उद्योगले पहिलो अर्धवार्षिकमा वर्षमा ५.८ प्रतिशत प्राथमिक उद्योगमा ३.५ प्रतिशत र सेवा क्षेत्रमा ४.६ प्रतिशतले वृद्धि भएको छ ।

दोस्रो त्रैमासिकमा भने चीनको अर्थतन्त्र ०.७ प्रतिशतले बढेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि