४ बैशाख २०८३, शुक्रबार
समाचार

मनसुनी रेखा नेपालतर्फ सर्दै, भोलिदेखि धेरै स्थानमा वर्षा हुने

२४ असार, काठमाडौं । आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ । भोलिदेखि भने धेरै स्थानमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार मनसुनी रेखा भोलिदेखि सरदर स्थानबाट उत्तरतर्फ सर्ने भएकाले भोलिदेखि नेपालका धेरै स्थानमा पानी पर्नेछ ।

अहिले मनसुनी रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ छ र त्यो उत्तरतिर सर्ने क्रममा छ । मौसमविद महर्जनका अनुसार मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ताको आकाशको क्षेत्रलाई बुझिन्छ । त्यो रेखा उत्तरतर्फ सर्यो भने नेपालमा बढी पानी पर्दछ ।

‘भोलिदेखि मनसुनी रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने भएकाले एरिया कभरेजका हिसाबले देशका धेरै स्थानमा पानी पर्ने सम्भावना छ,’ मौसमविद महर्जनले भनिन्, ‘लगातार झरी भने पर्ने छैन, पानी पर्ने ट्रेण्ड हिजो अस्तिकै जस्तो हुनेछ ।’

अहिले भने सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वषर्ाको सम्भावना छ । दिउँसो भने लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वषर्ाको सम्भावना छ ।

वर्षाको समयमा बाढी, पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

‘सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ,’ महाशाखाले जारी गरेको बुलेटिनमा लेखिएको छ, ‘तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि