२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो

३० असार,रुकुमपश्चिम । यस वर्ष जिल्लाभरका सामुदायिक वनमा ७२ हजार चार सय १८ वटा बिरुवा रोपिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न प्रजातिका ७२ हजार चार सय १८ बिरुवा रोपिएको हो ।

हालसम्म रोपिएका बिरुवामध्ये ४७ हजार दुई सय ५० अनुदानमा सामुदायिक वनलाई वितरण गरिएको भन्दै बाँकी २५ हजार एक सय ६८ वटा बिरुवा खरिद गरेर कार्यालय आफैँले वृक्षरोपण गरेको वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी ४३ हजार पाँच सय ५० टिमुरका बिरुवा रोपिएका छन् ।

सामुदायिक वनलाई हराभरा बनाउने, वनबाट आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले वृक्षरोपणलाई जोड दिइएको परियारले बताए। बिरुवा तथा अन्य सामग्री खरिदमा रु २० लाख खर्र्च भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि