२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

वाग्मती किनारमा वृक्षरोपण

३० असार, काठमाडौँ । कोटेश्वर–तीनकुने क्षेत्रको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ ।

म्यान्मारबाट आउनुभएकी समाजसेवी तुलसी थापाबाट प्राप्त १५ वटा तेजपातको बिरुवा वाग्मती सफाइ महाअभियानको पाँच सय ८३औँ हप्ताको अवसरमा आज वाग्मती किनारमा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । वाग्मती सफाइका अभियानकर्मीहरुद्वारा पिपल, ओखर, सुन्तला, एभोकाडो र तेजपात गरी ५० भन्दाबढी पाँच फिट अग्ला वृक्षरोपण गरिएको हो ।

वर्षामा आउने बाढीले वाग्मतीमा जम्मा भएका फोहर बगाएर लैजाने गरेकाले वर्षायाम लागेपछि नदी क्षेत्र सफा देखिने गरेको छ । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हिरालाल तन्डुकार, नदी संरक्षण समितिका अध्यक्ष मेघ आले, वरिष्ठ कृषि विशेषज्ञ छवि पौडेललगायत अभियानकर्मीको सहभागिता थियो । नदी किनारमा भेटिएका नकुहिने फोहर काठमाडौँ महानगरपालिका, वातावरण विभागको गाडीले व्यवस्थापन गरेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु वाग्मती सफाइ अभियान अझै जारी छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई सहायक नदीमा पनि सफाइ अभियान सुरु गरिएको छ । चक्रपथका उत्तर पश्चिमी भेगमा सफाइ अभियान चलिरहेको छ । काठमाडौँ उपत्यका बाहिरका प्रमुख नदीमा सफाइ सुरु भएको छ । हाल देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । अर्को हप्ता वाग्मती सफाइ कोटेश्वर महादेव मन्दिरभन्दा तल वाग्मती पहेँलो पुल अर्थात् गणेश मन्दिर चोक क्षेत्रमा गरिने जानकारी दिइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि