२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

भद्रकाली मन्दिरको पुनर्निर्माण सुरु

२७ असार , काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनर्निर्माणको कार्य सुरु गरेको छ ।

महानगरले दक्षिण पश्चिम भागबाट भद्रकाली परिसरको पुनरुत्थान शुरु गर्ने निर्णय गरे बमोजिम आज उपमेयर सुनिता ढङ्गोलको उपस्थितिमा शिल्यान्यास गरेर पुनर्निर्माणको कार्य सुरु गरिएको हो ।

शिल्यान्यास पछि पञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमेयर ढङ्गोलले निर्माण कार्यलाई कुनै किसिमको राजनीतिक हस्तक्षेप र असफल बनाउने काम नगर्न आग्रह गरिन् ।

भद्रकाली र परिसर बन्नु काठमाडौं महानगरपालिको एउटा पूर्वाधार बन्नु मात्र नभई सांस्कृतिक, ऐतिहासिक र धार्मिक पक्षलाई जीवित राख्ने कार्य रहेको भन्दै छिटो निर्माण गर्न आवश्यक रहेको बताइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि