२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

नौ जना जुवाडे पक्राउ

२५ असार, काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वरस्थित खोटाङ चिसापानी स्थायी घर भएका ४२ वर्षीय दिपक राईको मनसुन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ९ जनालाई सोमबार साँझ पक्राउ गरेको जनाएको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ९ सय ८० रूपैयाँ ६ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि