१८ कार्तिक २०८२, मंगलवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बागलुङमा पहिरोले प्रहरी चौकीमा क्षति

२३ असार, बागलुङ । पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ । सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो ।

मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले उक्त चौकी निर्माण गरेको हो । भवन भत्किएपछि त्यहाँ रहेका सुरक्षाकर्मीलाई अन्यत्र सार्ने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्मको टोली उद्धारमा खटिएको छ । प्रहरी चौकीमा पाँच सुरक्षाकर्मी बस्दै आएका थिए । पहिराले पञ्चकोटमा निर्मित मन्दिरसहित अन्य संरचनामा समेत क्षति पुर्याएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि