२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

‘शासकीय प्रणालीमा तथ्याङ्कको ठूलो महत्व छ’

२० असार , काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणना २०७८ प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक गरेको छ ।

बिहीबार कार्यालयमा कार्यक्रमको आयोजना गरी जनगणना २०७८ प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेलले जनगणनाको इतिहासमा भएका असल अभ्यासहरुलाई पछ्याउँदै जाने र कमी कमजोरीहरु सुधार्दैं जाने मौका पुस्तकबाट प्राप्त गर्न सकिने बताए । उनले पुस्तकमा विज्ञहरुबाट र आम सरोकारबाट यसमा रचनात्मक सुझावहरुको अपेक्षा व्यक्त गरे ।

उनले भने, ‘पुस्तकले जनगणनाको इतिहासमा असल अभ्यासहरुलाई पछ्याउँदै जाने र कमी कमजोरीहरु सुधार्दैं जाने मौका पुस्तकको अध्ययनबाट प्राप्त हुन्छ । विश्वास छ यो पुस्तकमा विज्ञहरुबाट र आम सरोकारवालाहरुबाट रचनात्मक सुझावहरु आउनेछ । सुझावहरुलाई हार्दिकताका साथ लिनेछौं ।’

त्यस्तै उनले सबै कुराको विकासले मानिसलाई नै छुने भएकाले जनसाङ्ख्यीक तथ्याङ्कहरुको महत्व पनि धेरै रहेको धारणा राखे । समग्र शासकीय प्रणालीमा जनगणनाको तथ्याङ्क ,मान्यताहरुले अत्यन्तै ठूलो महत्व राख्ने उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि