२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

अवैध लागुऔषध सहित दुई भारतीय पक्राउ

१९ असार , रौतहट । सशस्त्र प्रहरी बल रौतहटले अवैध लागुऔषध सहित दुई  भारतीयलाई  पक्राउ गरेको छ ।

गौर चपुर सडकखण्डको ईद्रिस गेट अगाडी चेकजाँचका क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारतको बिहार सितामढी जिल्ला बकरी ३ गाँउ राघोपुरका २० वर्षिय रौशन कुमार र १८ वर्षिय अमित कुमारलाई प्रहरीले पक्राउ गरेको छ  ।

रौतहटको गौरबाट चन्द्रपुर तर्फ जादै गरेको यात्रुवाहक गाडीमा लुकाई छिपाई लैजादै गरेको अवास्थामा बरामद गरेको हो ।

ना.१.ज.७१०९ नम्बरको गाडिलाई विशेष सुचनाको आधारमा चेकजाँच गर्दा सिटमुनी झोलामा लुकाएर राखेको अवास्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनिया रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिक्रम हुमागाईले जानकारी दिए ।

उनीहरुको साथबाट लगभग ६ सय थान लागुऔषध फेनारगन र आइपिपिएल इन्जेक्सन सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी उपरिक्षक  हुमागाईका अनुसार पक्राउ

परेका दुवै युवकबाट आइपिपिएल २ सय ९९ थान र फेनारगन २ सय ९९ थान बरामद भएको हो।पक्राउ परेका दुवै युवकलाई लागुऔषध सहित आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएका सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि