२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

प्राकृतिक विपत्तिबाट हुने क्षति घटाउन सरकारको ध्यानाकर्षण

१८ असार, काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले बर्सेनि प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्नुहुँदै समयमै पूर्वतयारी गरी क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा उहाँहरुले प्राकृतिक विपत्तिबाट प्रभावितको तत्काल उद्धार गरी राहतको प्रबन्ध गर्न माग गरे ।

सांसद कमला पन्तले वर्षायाम लागेसँगै प्राकृतिक प्रकोपका घटना बढेको बताउँदै सो सम्बन्धमा सदनमा उठेका विषयमा सरकारले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।

सांसद दुर्गा गुरुङले केन्द्र सरकारले कर्णालीलाई आवश्यक बजेट नदिएको जिकिर गर्दै कर्णालीमा यातायातको उचित व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । सांसद नारायणदत्त मिश्रले कैलालीको भजनी, टीकापुर र जोशीपुर गाउँपालिकामा प्रत्येक वर्ष बाढी आउने गरेको जानकारी गराउँदै समयमै त्यसतर्फ ध्यान दिन सरकारसँग माग गरे ।

सांसद भुवनबहादुर सुनारले रोल्पामा हालै भएको जीप दुर्घटनाका सम्बन्धमा जानकारी गराउँदै तत्काल सडक सुधार गर्नुपर्ने, ट्राफिक नियमको पालनामा कडाइ गर्नुपर्ने र चालकलाई सचेत गराउनुपर्नेलगायतका सुझाव दिए ।

सांसद सुरेशकुमार आलेले भ्रष्टाचार नियन्त्रणका लागि सबै जागरुक हुनुपर्ने बताउँदै राजनीतिक व्यवस्थामा सुधारको आवश्यकता औँल्याए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि