२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

युवा पलायन रोक्न उद्यमशिलता जरुरी : मन्त्री भण्डारी

१७ असार, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशिलताको विकासमा जोड दिएका छन् । नेपाली कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागको आज मन्त्रालयमा ज्ञापनपत्र बुझ्दै उहाँले उद्यमशिलताको विकासले युवा पलायन रोक्न सघाउने बताए ।

मन्त्री भण्डारीले उद्योग मन्त्रालय उद्यमशिलता विकासमा लागिपरेको बताए । उनले युवामा देखिएको निराशालाई चिर्न सरकार लागिपरेको बताए । “अहिले देखिएको निराशा चिरेर आशा जगाउनु सरकारको प्रमुख धेय हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ, तपाइँहरुका सुझाव कार्यान्वयन गर्न पहल गर्छु”,मन्त्री भण्डारीले भने ।

मन्त्री भण्डारीलाई नेपाली कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागका प्रमुख सीता थपलियासहितको टोलीले नेपाल सरकारको स्टार्टअपका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिबद्धता अन्तर्गत ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ले कर्जा आवेदकबाट नवीन पद्दतिको अपेक्षा गरेको देखिए पनि त्यस्तो नवीन पद्दतिको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्नुपर्ने लगायतका माग राखेर १७ बुँदे मागपत्र बुझाएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि