१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा धर्ना

१५ असार, काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ । विधान विपरित सदस्यता वितरण गरेको उल्लेख गर्दै नेपाल प्रेस युनियन केन्द्रीय समितिले शुक्रबार साँझ तालावन्दी गरेको हो ।

युनियनले शनिवार विहान कार्यालय परिसरमा धर्ना समेत दिएको छ ।  युनियनले आफ्ना सबै शाखा, प्रदेश समितिहरुलाई महासंघको अवैधानिक र गलत कार्य विरुद्धमा देशभर महासंघका शाखा तथा प्रदेश समितिमा तालाबन्दी गरी आन्दोलनका कार्यक्रम अघि बढाउन निर्देश पनि गरिसकेको युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिए ।

महासचिव पौडेलले शनिवार विहान विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याएर निर्वाचन प्रक्रिया अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि जबरजस्ती रुपमा मतदाता नामावली सार्वजनिक गरी ‘निरङ्कुश’ शैलीमा निर्वाचन गराउने प्रयत्न गरेकोमा आपत्ति जनाएको छ ।

‘नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसँग गरेको सहमतिलाई तोडेर एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएकाले महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर गर्दै प्रेस युनियन आन्दोलित भएको हो । महासंघकै शाखा, प्रदेश तथा प्रतिष्ठान समितिले सिफारिस गरेका तथा योग्यता पुगेका आवेदकहरु हटाएर मतदाता नामावली सार्वजनिक गरेकाले प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा असार १४ गते तालाबन्दी गर्नु परेको हो । यस्तो गम्भीर परिस्थितिमा महासंघका कुनै पनि निर्वाचन प्रक्रियाका कार्यक्रमहरु अगाडी नबढाउन महासंघको नेतृत्व र निर्वाचन समितिलाई प्रेस युनियन चेतावनी दिन चाहान्छ,’महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महासंघले प्रेस युनियको माग सम्बोधन नगरेसम्म महासंघको केन्द्र, सबै शाखा तथा प्रदेश तथा प्रतिष्ठान समितिका कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिन युनियन बाध्य भएको जनाइएको छ ।

असार २२ गते हुने निर्वाचनका लागि निर्वाचन समितिले एकलौटी रुपमा उम्मेदवारी दर्ता र निर्वाचित भएको घोषणाको तयारी गराउन खोजेको युनियनका नेताहरुको भनाइ छ ।

यता, निर्वाचन समितिले शनिबार नै सूचना जारी गर्दै असहज परिस्थितिमा निर्वाचन प्रक्रिया अगाडि बढाउन नसक्ने जनाएको छ । तर समितिले असार २२ गतेको निर्वाचन भने नरोकिने सूचनामा उल्लेख गरेको छ । यसअघि पनि विभिन्न संगठनहरुले तालावन्दीलगायतका कार्यक्रम गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि