२१ असार २०८३, आईतवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

पाकिस्तानले खाद्य सुरक्षाका लागि उत्कृष्ट कृषि अभ्यासमा जोड दिने

१४ असार, पाकिस्तान । पाकिस्तानका राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री राणा तनवीर हुसेनले उत्पादकत्व र खाद्य सुरक्षा वृदिका लागि देशले उत्कृष्ट कृषि अभ्यासमा ध्यान केन्द्रित गरिरहेको बताएका छन्।

“खाद्य सुरक्षा वर्तमान समयमा प्रमुख विश्वव्यापी चुनौती भएको उल्लेख गर्दै उनले पाकिस्तानले कृषिमा विशेष ध्यान दिई, राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड निर्माण गरेको बताए ।

कृषि उत्पादनमा सुधार र प्रविधि हस्तान्तरण प्रयासमा विशेष गरी चीन लगायतका देशहरूसँगको सहकार्यलाई ध्यानमा राख्दै उत्पादन बढाउन कृषि क्षेत्रमा अनुसन्धान र आधुनिक प्रविधि समावेश गर्ने प्रयास भइरहेको उनले बताए ।

“विद्यार्थीलाई चीन पठाई शीप सिकाउने र उत्पादन दोब्बर बनाउने योजना रहेको उनले उल्लेख गरे ।

सब्सिडी र कोषको प्रावधानसहित किसानका लागि थुप्रै पहलहरू गरिएको पनि उनले बताए । बाली उत्पादनका लागि निश्चित मूल्यको ग्यारेन्टी र किसानहरूलाई बाँकी भुक्तानी गरिने उहाँले उक्त अवसरमा प्रतिवद्धता जनाए ।

बाँझो जमिनलाई कृषि योग्य बनाउनेसहित थप जमिनलाई खेती अन्तर्गत ल्याउने कदम लगायत किसानलाई अर्बौं रुपैयाँ ऋण प्रदान गरी नविन योजना चलिरहेको उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि