५ फाल्गुन २०८२, मंगलवार
अर्थ सूचना प्रविधि

डेटा सेयरिङमा कानुन बाधक, बैंकिङ क्षेत्रमा पनि सुरक्षा चुनौती

९ असार, काठमाडौं। नेपालमा हालसम्‍म बिग डेटाको प्रयोग नभएको सरोकारवालाहरुले जोड दिएका छन्। डिजिटल नेपाल कन्क्लेभ २०२३ को दोस्रो दिन डाटा गभर्नेन्स एण्ड सेक्यूरिटी फर डिजिटल क्यापाबलिटीज सेशनमा बोल्दै सरोकारवालाहरुले नेपालमा डेटाको प्रयोग र सुरक्षा निक्कै कमजोर रहेको बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका निमित्त तथ्याङ्क प्रमुख डा. हेमराज रेग्मीले नेपालमा बिग डेटाको प्रयोग राम्रोसँग नभएको बताए ।

उनले भने, ‘डेपुटी प्रमुख तथ्यांक अधीकारी, राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालमा बिग डेटाको प्रयोग राम्रोसँग भएको छैन। वि.सं. २०२८ मा जनगणना गर्न नेपालमै पहिलो पटक कम्प्युटर प्रयोग भएको थियो। पहिलो पटक कम्प्युटरको प्रयोग भएपछि राष्ट्रिय तथ्याङ्क कार्यालयले आईटीको प्रयोग राम्रोसँग गर्न सकेको छैन।’

राष्ट्रिय तथ्यांक कार्यालयले आईटीको प्रयोग राम्रोसँग गर्न नसक्नुमा केही कानुनी बाध्यता पनि रहेको उनले स्वीकारे।

उनले भने, ‘ स्रोत साधनको कमी हुँदा प्रविधिको प्रयोग राम्रोसँग गर्न सकिएको छैन्,’ उनले भने, ‘तर सीमित स्रोत साधनका बाबजुद पनि सकेसम्म सूचना प्रविधिको प्रयोग गरिरहेका छौं । डेटा सेयर गर्न कानुन बाधक रहेको छ।’

यस्तै उनले सरकारले आर्थिक वर्षको बजेटमा ३३ जिल्लामा भएका तथ्याङ्क कार्यालय खारेज गर्नुले झन डेटा संकलन, विश्लेषण र कार्यान्वयनमा प्राथमकिता नराखेको हो की भन्‍ने प्रश्‍न उब्जिएको बताए ।

उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ को बजेटमा ३३ जिल्लामा भएका तथ्यांक कार्यालय खारेज गर्ने भनिएको छ। त्यसको ठाउँमा प्रदेश कार्यालय स्थापना गर्ने भनिएको छ। यसले गर्दा राज्यले डेटालाई प्राथमिकतामा नराखेको हो की भन्ने प्रश्न उब्जिएको छ।’

यस्तै एक ठाउँमा मात्रै डेटा सेन्टर हुँदा डेटा सुरक्षामा दिनदिनै प्रश्‍न उठ्‍ने गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक दिप शर्मा पौडेलले बताए।

उनले भने, ‘एक ठाउँमा मात्रै डेटा सेन्टर हुँदा डेटामा पटक-पटक सुरक्षामा प्रश्न उठेको छ। जति धेरै ठाउँमा डेट सेन्टर भयो त्यति नै धेरै डेटा सुरक्षित हुन्छ। तर, हाल हेडौंटामा मात्रै डेटा सेन्टर छ।’

सरकार यही डेटा नभएकै कारण कमजोर हुँदै गएको भन्‍दै अब हिमाली भेगमा डेटा सेन्टर राखेर नेपाललाई डेटा सेन्टर हब बनाउन सकिने बताए। तर पूर्वाधार बनाउन निक्कै चुनौती रहेको पनि उनको भनाइ छ।

‘नेपालको हिमाली भेगमा डेटा सेन्टर राखेर नेपाललाई डेटा सेन्टर हब बनाउन सकिन्छ। तर यसमा केही चुनौती छन्। त्यो ठाउँमा कनेक्टिभिटी र विद्युत पुग्छ की पुग्दैन ? त्यो चुनौती छ। हामी पूर्वाधारमा कमजोर छौं। अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्र गाली खाने ठाउँ मात्रै भएको छ।’

यस्तै सूचना तथा सञ्चार प्रविधि क्षेत्र मानिसको अभिन्न अंग जस्तै भइसक्दा पनि शहरी भन्दा नेपालको गाउँको अवस्था डेटा सुरक्षा जनचेतना कमजोर रहेको एनसेलको चिफ इन्फर्मेसन अफिसर विशाल मनि उपाध्यायले बताए ।

उनले भने, ‘ सूचना तथा सञ्चार प्रविधि क्षेत्र मानिसको लाइफस्टाइल भइसकेको छ। एनसेलले ग्राहकको डेटा सुरक्षा र गोपनीयतामा ध्यान दिएको छ। शहरमा डेटा सुरक्षा जनचेतना केही भएपनि गाउँको अवस्था भने डेटा सुरक्षा जनचेतना कमजोर छ।’

उनले दूरसञ्‍चार सेवा प्रदायकहरुले दिएको सिमको मोबाइल नम्बर जथाभावी दिएकाले डेटा सुरक्षामा चुनौती देखिएको बताए। तर, एनसेलले भने डेटा सुरक्षा र गोपनीयतामा ध्यान दिदै आएको उनको भनाइ छ।

‘शहरमा भन्दा गाउँमा धेरैले इमेल र मोबाइल नम्बर जहाँ पायो त्यही दिन्छन्। त्यसमा ख्याल गर्नुपर्छ,’  उनले भने, ‘ नेपालको टेलिकम क्षेत्र सुरक्षित भएपनि पर्योग गर्ने तरिकामा भर पर्छ। तर एनसेलले डेटाको गोपनीयतामा ध्यान दिँदै आएको छ।’

यता, कुनै पनि सिस्टम सुरक्षित हुन पुरै डेटा सुरक्षित हुनुपर्ने एनआईसी एसिया बैंकका साइबर तथा डिजिटल इन्नोभेसन प्रमुख नरेन्द्र मैनालीले बताए। नेपालका बैंकिङ क्षेत्रमा डेटा  सुरक्षा कमजोरी रहेको उनको भनाइ छ।

उनले भने, ‘कुनै पनि सिस्टम सुरक्षित हुन पुरै डेटा सुरक्षित हुनुपर्छ। नेपालको बैंकिङ क्षेत्रमा केही सुरक्षा कमजोरी छन्।’

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान