२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाज

मदन भण्डारी राष्ट्रिय पुरस्कार चिया बगान केन्द्रलाई

१२ असार , काठमाडौँ  । मदन भण्डारी फाउण्डेशनले २०८० सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्गा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गर्ने घोषणा गरेको छ ।

फाउण्डेशनले ७३औँ मदनजयन्तीको पूर्वसन्ध्यामा आज त्हाँ आयोजित पत्रकार सम्मेलन गरेर केन्द्रलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । केन्द्रले स्थानीय कच्चापदार्थको प्रयोगका आधारमा रोजगारी सिर्जना गरी आयात तथा निर्यात प्रवद्र्धन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिएकाले रु एक लाख राशिको पुरस्कार दिने निर्णय गरेको हो ।

केन्द्रले ९५ हेक्टर जमिनमा छ लाखभन्दा बढी चियाका बिरुवाको आयुर्वेदिक–जैविक खेती गरी वार्षिक सय टनभन्दा बढी चिया निर्यात गरी रु चार करोडभन्दा बढी कारोबार गरेको फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जानकारी दिए। उहाँले राष्ट्रिय उद्यमशीलतालाई प्रवद्र्धन गर्ने क्षेत्रलाई चयन गरिएको बताउनुभयो । पुरस्कारका लागि सिफारिस गर्न डा रामशरण प्याकुरेलका संयोजकत्वमा सरकारी र निजी क्षेत्रका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो ।

यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका दिन पुरस्कार प्रदान गरिनेछ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व