१७ फाल्गुन २०८२, आईतवार
सूचना प्रविधि

डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

८ असार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले डिजिटल क्षमता विकास गर्न आवश्यक पूर्वाधारमा जोड दिनु पर्ने बताएका छन्।

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’को उद्टन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उनले यस्तो बताएका हुन्।

उनले भने, ‘सरकारले डिजिटल नेपालका लागि आवश्यक पूर्वाधारमा जोड दिएको छ । डिजिटल डिभाइस कम गर्न र डिजिटल अर्थतन्त्रमा जोड दिने सरकारको अभिप्राय छ।’

डिजिटल क्षमता विकास गर्नु जरूरी रहेको बताउँदै उनले पछिल्लो समय नेपालमा पनि दक्ष जनशक्ति उत्पादन हुँदै गइरहेको पनि जानकारी गराए ।

सरकारले अनुसन्धान, आविस्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था गरेको उनको भनाइ छ।

उनले भने, ‘अनुसन्धान, आविस्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था बजेमा गरिसकेका छौं।यसले थप आसिटी प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ मलाई। ’

उनले सरकार सूचना प्रविधि ऐन, साइबर नीति ऐन, ई-कमर्स नीति लगायत कानुन पारित गरेर छिटो कार्यान्वयन ल्याइने बताए।

उनले भने, ‘सरकार सूचना प्रविधि ऐन, साइबर नीति ऐन, ई-कमर्स नीति लगायत कानुन पारित गरेर छिटो कार्यान्वयनमा ल्याउनेछौं।’

यसका लागि डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरेर समयानुकुल बनाउने बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक