२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

खाँडादेवीका किसानलाई मिनी टिलर र डिक्स मिल

१२ असार, रामेछाप । खाँडादेवी गाउँपालिकाको वडा नं ४ र ५ का किसानलाई अनुदानमा मिनी टिलर, डिक्स मिल तथा ग्रास कटर प्रदान गरिएको छ ।

हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र गाउँ विकास केन्द्रको सहजीकरणमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम परियोजनाकाले ५० प्रतिशत अनुदानमा ती सामाग्री वितरण गरेको हो । गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले किसानलाई सामाग्री हस्तान्तरण गरे ।

ती वडाका ४७ जना किसानले ४७ वटा खेत बारी जोत्ने मिनी टिलर पाएका छन् भने ५१ जनाले पिसानी डिक्स मिल लिएका छन् । त्यस्तै तीन जनाले ग्रास कटर लिएका छन् । किसानको मागका आधारमा ती सामाग्री उपलब्ध गराइएको परियोजना प्रमुख माधव ढकालले जानकारी दिए ।

लम्पी स्किन रोगका कारण गोरु मरेर खेती लगाउन समस्या भएका किसानलाई सहयोग पुगोस् भनेर मिनी टिलर वितरण गरिएको खाँडादेवी गाउँपालिका–५ पकरबासका वडाध्यक्ष मनोज पौडेलले जानकारी दिए । त्यस्तै किसानलाई पशु दाना तथा अन्न पिस्न सहजताको लागि मिल वितरण गरिएको उनले बताए ।

कृषि यन्त्र वितरणले ती वडामा कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि