२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

१० असार, काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू चसिडोल बस्ने ३७ वर्षीय विकास राउत रहेका छन् ।

राउतलाई जिल्ला अदालत काठमाडौंबाट २०६६ पुस २६ गते उक्त मुद्दामा ५ महिना १५ दिन कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय तोकेको थियो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर लुभू चसिडोलबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि