९ पुष २०८२, बुधबार
अर्थ मुख्‍य समाचार समाचार

बढ्यो डलर, युरो र पाउण्डको मूल्य

६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो ।

यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ २३ पैसा र बिक्री दर १४३ रुपैयाँ ८८ पैसा तोकिएको छ । बिहीबार युरोको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा तोकिएको थियो ।

आज, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३७ पैसा पुगेको छ  । बुधबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६९ पैसामा कारोबार भएको थियो ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसामा कारोबार भैरहेको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि