३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार

राष्ट्रपति पौडेल स्वदेश फिर्ता, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत

५ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको एक साता लामो भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् ।

आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै राष्ट्रपति पौडेल सहितको भ्रमण टोली काठमाडौं आइपुगेका हुन् ।

राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामिछाने, मुख्य सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ, पर्यटन मन्त्री हित बहादुर तामाङ लगायतले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घाटन मञ्चमा प्रमुख वक्ताका रुपमा राष्ट्रपति पौडेलले सम्बोधन गरेका थिए । यस्तै, उनले विभिन्न उच्च स्तरीय भेटवार्ता पनि गरे ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट त्यसतर्फ गएका थिए । राष्ट्रपति निर्वाचित भएपछि पौडेलको यो पहिलो औपचारिक विदेश भ्रमण भए पनि संघीय संसदलाई भ्रमणबारे पौडेलले जानकारी नगराएकोमा भने सांसदहरुले नै विरोध गरिरहेका छन् ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि