२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

अन्धकार बस्तीमा विद्युत् पुर्‍याउने अभियान

२ असार, तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् नपुगेको बस्तीमा विद्युत् पुर्‍याउने अभियान चलाएको छ । दाङमा पनि अझै धेरै ठाउँमा विद्युत् नपुगेका ठाउँ पनि रहेको भन्दै ती ठाउँहरुमा विद्युत् पुर्‍याउने अभियान चलाएको वितरण केन्द्र प्रमुख शिव गोशालीले बताए ।

अहिले आफूहरु अन्धकार बस्तीलाई उज्यालो बनाउने अभियानमा लागेको जनाउँदै दाङमा पछिल्लो एक वर्षमा छ स्थानमा विद्युत् बाल्न सफल भएको उनले बताए। उनका अनुसार दङ्गीशरणको वडा नं १ फुर्केसल्ली, बबईको वडा नं ७ तल्लो मलै, शान्तिनगर गाउँपालिकाको वडा नं १ को हारीचारलगायतका बस्ती, वडा नं ३ का विकट बस्ती, तुलसीपुर उपमहानगरपालिका वडा नं ४ को खुमखानीमा बत्ती बालिसकेको बताए ।

अझै पनि दाङमै केन्द्रीय लाइन नपुगेका स्थानमा विद्युत् पुर्‍याउने गरी लागिरहेको उनले बताए । वितरण केन्द्र तुलसीपुरको कार्यक्षेत्र तुलसीपुर उपमहानगरपालिकासँगै बबई, शान्तिनगर र दङ्गीशरण गाउँपालिका रहेको जनाउँदै उहाँले यहाँका विकट बस्तीमा पनि विद्युत् पुर्‍याइरहेको बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि