३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार

बालकुमारी कलेजको अभिमुखिकरण कार्यक्रम सम्पन्न

२ असार, भरतपुर । बालकुमारी कलेज नारायणगढको आयोजनामा शनिबार भरतपुरमा विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा व्यवस्थापन संकाय अन्तरगत एमविएस इन फाइनान्सियल म्यानेजमेण्ट प्रथम वर्षमा अध्यायनरत विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको हो ।

कलेज संचालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्मा प्रमुख अतिथी रहेका थिए । ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी शर्माले व्यवस्थापन संकाय अन्तर्गत एमविएस इन फाइनान्सियल म्यानेजमेण्टको कोर्ष, विषयवस्तु र विद्यार्थीले गर्नुपर्ने क्रियाकलापको वारेमा जानकारी गराएका थिए।

कार्यक्रममा कलेजका प्रिन्सिपल जगदिश्वर खनाल, पुर्व प्रिन्सिपल शिव प्रसाद पौडेललगायतले आफ्नो मन्तव्य राखेका थिए । सहायक प्रिन्सिपल बाबुराम पन्थीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम अर्का सहायक प्रिन्सिपल डा. गुणराज क्षेत्रीले संचालन गरेका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि