३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार

चितवनमा कारसँग ठोक्किएर बस त्रिशुलीमा खस्यो, १२ जना घाइते

३२ जेठ, काठमाडौं । चितवनमा कारसँग ठोक्किएर बस त्रिशुलीमा  खस्दा १२ जना घाइते भएका  छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्र–१–०२९ च ३७२० नम्बरको कार चितवनको इच्क्षा कामना गाउँपालिका –३ फिस्लिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

‘प्रारम्भिक विवरण अनुसार कारमा सवार ५ जना र बसमा चालकसहित ३५ जना यात्रु सवार रहेछन् । सो मध्ये ११–१२ जना घाइतेको उद्धार गरी चितवनको भरतपुर अस्पतालमा पठाइएको छ,’डिएसपी भण्डारीले भने । उनीहरुमध्ये कारमा सवार तीन जनाको अवस्था गम्भीर छ ।

बस सडकबाट खोलामा झरेको छ । भण्डारीका अनुसार बसमा सवार अन्य यात्रु सामान्य घाइते छन्, सबैको विवरण खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको