१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवार : संयुक्त राष्ट्रसंघ

३१ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघले आफ्नो प्रारम्भिक अनुसन्धानमा इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवार रहेको बताएको छ । इजरायलको कारबाहीले सर्वसाधारणको ज्यान जानुलाई मानवता विरुद्ध भएको टिप्पणी राष्ट्रसंघको छ ।

राष्ट्रसंघले दुईवटा समानान्तर प्रतिवेदनका आधारमा यस्तो निष्कर्ष निकालेको हो । जसमा पहिलो रिपोर्ट अक्टोबर ७ मा हमासले गरेको हमलाको बारेमा थियो भने दोस्रो रिपोर्ट इजरायलको प्रतिक्रियामा गरिएको कारबाहीमा आधारित छ । संयुक्त राष्ट्रसङ्घीय छानबिन आयोग (सीओआई) ले यो प्रतिवेदन व्यापक रूपमा प्रमाण संकलन गरी दोषीको पहिचान गरी सार्वजनिक गरेको जनाएको हो । जसमा इजरायल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा गरिएका आक्रमणहरू समावेश छन् ।

सीओआईले इजरायलले आयोगलाई सहयोग नगरेको र काममा बाधा पु¥याएको पनि उल्लेख गरेको छ । इजरायलले अनुसन्धानकर्ताहरुलाई इजरायल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा पुग्न पनि रोक लगाएको थियो ।

तर, इजरायली कूटनीतिज्ञहरूले जेनेभामा संयुक्त राष्ट्र आयोगको प्रतिवेदनलाई अस्वीकार गरेका छन् । उता प्रतिवेदनमा हमासको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

इजरायलका अनुसार अक्टोबर ७ मा सीमाबाट भएको आक्रमणमा १२ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने २५० जनालाई बन्धक बनाएको थियो । यसपछि गाजामा जवाफी सैन्य कारबाही गरिएको छ । प्यालेस्टिनी अधिकारीहरुले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार इजरायलका कारण ३७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण