३० फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

अमेरिकालाई हराउँदै भारत सुपर आठमा, पाकिस्तानको विश्वकप यात्रा कायमै

३१ जेठ , काठमाडौं । आईसीसी पुरुष टी २० विश्वकपमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै सुपर ८ मा स्थान सुरक्षित गरेको छ । जारी विश्वकपमा भारतको यो लगातार तेस्रो जित हो ।

टस हारेर पहिले ब्याटिङ गरेको  अमेरिकाले खास सुरुवात गर्न सकेन र पावरप्लेमा २ महत्वपूर्ण विकेट गुमाएर १८ रन मात्र बनाएको थियो । अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो ।

जवाफमा भारतीय टोलीले १८.२ ओभरमा ३ विकेटमो क्षतिमा १११ रन बनाएर खेल जित्यो। भारतीय बलर अर्शदीप सिंह खेलको प्लेयर अफ द म्याच घोषित भए ।

इनिङ्सको पहिलो बलमा शायान जहाँगीर खाता नखोल्दै आउट भए भने एन्ड्रियास गौसको ब्याटबाट २ रन आयो । दुवैको नेतृत्व अर्शदीप सिंहले गरेका थिए । पावरप्ले पछि पनि अमेरिकाको इनिङ्स ट्रयाकमा आउन सकेन । नियमित अन्तरालमा विकेट गिर्दै गएका कारण रन रेट बढ्न सकेन । कप्तान आरोन जोन्सले २२ बलमा ११ रनको इनिङ खेले । स्टिभन टेलरले २४ रन र नितिश कुमारले २७ रनको योगदान दिए । कोरी एन्डरसनले १२ बलमा १५ रन बनाएर १७ औं ओभरमा ८६ रनमा पुर्याए ।

हरमित सिंहले जसप्रित बुमराहविरुद्ध छक्का प्रहार गर्दै आफ्नो ब्याटबाट १० रन निकाले । तर, जसदीप सिंह इनिङ्सको अन्तिम बलमा २ रनको व्यक्तिगत स्कोरमा रनआउट भए भने शाडले भान शाल्कविक ११ रन बनाएर अविजित फर्किए । भारतका लागि, अर्शदीप सिंहले चार ओभरमा ९ रन दिएर ४ विकेट लिए । योसँगै हार्दिक पाण्ड्याले २ र अक्षर पटेलले १ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा भारतको सुरुवात खराब रह्यो र विराट कोहली पहिलो ओभरमा सौरभ नेत्रावलकरविरुद्ध गोल्डेन डकमा आउट भए । नेत्रवलकरले आफ्नो अर्को ओभरमा कप्तान रोहित शर्मालाई क्याच आउट गराए र उनी ३ रन बनाएर १० रनमा दोस्रो विकेटका रूपमा आउट भए। ऋषभ पन्तले पनि आक्रामक शैली देखाउन सकेनन् र २० बलमा १८ रन बनाएर आउट भए ।

भारतले ११ औं ओभरमा ५० रन पुरा गर्यो । तर, सूर्यकुमार यादव र शिवम दुबेले विपक्षी बलरको साहसपूर्वक सामना गरे । दुवैले १९ औं ओभर सम्मको नटआउट साझेदारी गर्दै टोलीलाई जित दिलाएका थिए । सूर्यकुमारले ४९ बलमा ५० रन  बनाएर अविजित रहे । भने शिवम दुबेले ३५ बलमा ३१ रनको अविजित इनिङ खेले । अमेरिकाका लागि सौरभ नेत्रावलकरले सर्वाधिक २ विकेट लिए ।

भारतको जितले पाकिस्तानलाई फाइदा

अमेरिकालाई हराएर भारतले सुपर ८ मा आफ्नो स्थान पक्का गरेको छ भने ३ खेलबाट २ अंक जोडेको पाकिस्तानको आशा पनि जीवित राखेको छ ।

यदि अमेरिकाले जितेको भए पाकिस्तानको सुपर एट यात्रा सकिने थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected