८ पुष २०८२, मंगलवार
समाचार

विद्यालय कर्मचारीको आन्दोलनमा प्रहरीको हस्तक्षेप, ४ शिक्षक पक्राउ

३२ जेठ, काठमाडौं। नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले बिहीबार पनि प्रदर्शन गरेको छ।

प्रदर्शनका क्रममा विभिन्न विद्यालयका कर्मचारीहरु भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किदै गर्दा बीच सडकमा बस्न खोज्दा प्रहरीसँग धक्कामुक्की भएको छ ।

प्रहरीले सडकमा बस्‍न खोज्‍ने चारजना शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई सिंहदरवार प्रहरी वृतमा राखिएको छ ।

बजेटले आफ्नो समस्या सम्बोधन नगरेको भन्दै परिषद् आवद्ध कर्माचारीहरु केही सातादेखि आन्दोलन गर्दै आएका छन्। विद्यालयका शिक्षकहरु पनि उनीहरुलाई कहिले थाल ठटाएर, कहिले रिले अनसन बसेर साथ दिँदै आन्दोलनमामा सहभागी हुँदै आएका छन्।

विद्यालयका पियन र लेखापालको न्यूनतम पारिश्रमिकको माग राख्दै विद्यालयका कर्मचारीहरु आन्दोलित बनेका हुन् । सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १२७ मा शिक्षकहरुको सेवा सुविधा बढाउने भनिएको तर बजेटमा त्यस कुरा नआएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि