२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

अर्घाखाँचीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

२९ जेठ, गुल्मी । अर्घाखाँची र गुल्मीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई  जना घाइते भएका छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ खाँची बस्ने २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताए ।

अर्घाखाँची जिल्ला क्षत्रदेव गाउँपालिका-७ देउराली स्थित देउराली तम्घास भित्री सडकखण्डमा सोमबार राति पौने १० बजे टिपर दुर्घटनामा भएको हो ।

दुर्घटनामा छत्रदेव-७ का ३३ वर्षीय रिसभ केसी र शीतगंगा नगरपालिका-२ का २९ वर्षीय नवीन घिमिरे घाइते भएका छन् ।घाइते भएका दुई जनालाई गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि