६ पुष २०८२, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बझाङमा विपद् उद्धार अभ्यासकै क्रममा सशस्त्रका जवानको मृत्यु

२८ जेठ, धनगढी । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान केदास्यु गाउँपालिका-७ का २९ वर्षीय नरेन्द्रसिंह धामी छन् ।

सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरत शाहले जानकारी दिए ।

धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए । सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको थियो ।

सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेका अनुसार धामी विपद् व्यवस्थापनमा अनुभवी उद्धारकर्ता थिए । अनुभवी व्यक्तिको पनि कसरी ज्यान गएको भन्नेबारे आफूहरु पनि अचम्मित भएको उनले बताए ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि